फिदिम-१४ को वडाध्यक्षमा माओवादी केन्द्रका नेम्वाङ विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिदिम-१४ को वडाध्यक्षमा माओवादी केन्द्रका नेम्वाङ विजयी

कान्तिपुर संवाददाता

पाँचथर — फिदिम नगरपालिका १४ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार राजकुमार नेम्वाङ विजयी भएका छन् । एमालेका भिम फागोलाई हराउँदै उनी विजयी भएका हुन् ।

नेम्वाङले ७११ मत प्राप्त गर्दा फागोले ५ सय ३८ मत पाएका थिए । यसै वडाको सदस्य पदमा कांग्रेसका ३ र एमालेका १ सदस्य विजयी भएका छन् ।

यसैगरी जिल्लाको हिलिहाङ गाँउपालिका वडाध्यक्ष पदमा कांग्रेसका सन्तोष लिङदेन,फालेलुङ ६ को वडाध्यक्षमा कांग्रेसकै अमरविर राई र तुम्वेवा १ को वडाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर कार्की विजयी भएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्

भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता

कान्तिपुर संवाददाता

काठमाडौँ — चिवतनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पुनः अग्रता लिएकी छिन् । जारी मतगणनामा पछिल्लो परिणामअनुसार २७८ मत पाएकी छिन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २५८ मत पाएका छन् । दाहाल र सुवेदीबीचको मतान्तर २० मतमात्रै छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३१७ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १९९ मत पाएकी छिन् ।


प्रकाशित : वैशाख ३१, २०७९ २१:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×