भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता

कान्तिपुर संवाददाता

काठमाडौँ — चिवतनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पुनः अग्रता लिएकी छिन् । जारी मतगणनामा पछिल्लो परिणामअनुसार २७८ मत पाएकी छिन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २५८ मत पाएका छन् । दाहाल र सुवेदीबीचको मतान्तर २० मतमात्रै छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३१७ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १९९ मत पाएकी छिन् ।


प्रकाशित : वैशाख ३१, २०७९ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं महानगरमा एमाले उम्मेदवार डंगोललाई लोकप्रिय मत

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिको चुनावमा प्रारम्भिक मतपरिणाममा एमालेको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल लोकप्रिय देखिएकी छिन्।

प्रारम्भदेखि नै अग्रता कायम गरेकी डंगोलले ६ सय २ मत ल्याएकी छिन् । एमालेका मेयर उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन साहसँग पछि परेको अवस्थामा डंगोलले आफ्नो अग्रता भने ४ सय ७६ पुर्‍याएकी छिन् ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ र राप्रपाकी बिनिता मगैयाले बराबरी १ सय २६ मत ल्याएका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६० मत ल्याएकी छिन् । साझा पार्टीकी कृति तुलाधले ३५ मत ल्याएकी छिन् । राष्ट्रियसभा गृह अहिले महानगरपालिको १, २, ३ र ३२ वडाको मतगणना भइरहेको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ २०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×