१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सरुमारानी-५ मा माओवादीको प्यानलै विजयी

शमशेरविक्रम जीसी

प्यूठान — प्यूठानको सरुमारानी गाउँपालिका ५ मा गठबन्धनकी लक्ष्मी पल्ली विजयी भएकी छन् ।

सरुमारानी-५ मा माओवादीको प्यानलै विजयी

गठबन्धनकी साझा उम्मेदवार पल्ली ७ सय ३२ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी एमालेका उमबहादुर खाम्चा ४ सय ५४ ल्याएर पराजित भए ।

पल्लीले खाम्चालाई २ सय ७८ मतान्तर पराजित गरेकी हुन् । अघिल्लो स्थानीय तह निर्वाचनमा पल्ली गाउँपालिका उपाध्यक्षमा पराजय भएकी थिइन् ।

प्रकाशित : वैशाख ३१, २०७९ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?