कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा ३१ मतले अगाडि

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । पछिल्ला परिणामअनुसार साहले ५५७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५२६ मत पाएका छन् ।

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा ३१ मतले अगाडि

साह स्थापितभन्दा ३१ मतले अगाडि छन् । त्यस्तै, पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ३१७ मत पाएकी छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७२, राप्रपाका मदनदास श्रेष्ठले ६८ र विवेकशील साझाकी समीक्षा बाँस्कोटाले १३ मत पाएकी छन् ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले अग्रता कायम राखेकी छिन् । उनले ६०२ मत पाएकी छिन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १२६ मतमात्रै पाएका छन् । राप्रपाकी विनिता मगैयाले १२६, विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३५ मत पाएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?