गल्छी १ मा एमालेको प्यानलै विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

गल्छी १ मा एमालेको प्यानलै विजयी

सरिता श्रेष्ठ

धादिङ — गल्छी गाउँपालिका १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा यदुकुमार खतिवडा विजयी भएका छन् । उनले एक हजार एक सय ३५ मत ल्याए भने गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका माधवप्रसाद खतिवडाले ९ सय ९६ मत प्राप्त गरे । 

सदस्यहरूमा गोपाल विश्वकर्मा, महेन्द्र लामिछाने, महिला सदस्यमा प्रमिला राना, दलित महिला सदस्यमा शोभा रम्तेल विजयी भएका छन् । तीन हजार ६२ मतदाता रहेकोमा दुई हजार दुई सय ८३ मत खसेको थियो । जसमध्ये २० मत बदर भएको थियो ।

प्रकाशित : वैशाख ३१, २०७९ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्

मध्यपुर थिमि १ मा कांग्रेसका वडाध्यक्ष विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — मध्यपुर थिमिमा नेपाली कांग्रेसले खाता खोलेको छ । शनिबार भएको मतगणना अन्तर्गत मध्यपुर थिमि नगरपालिका-१ मा कांग्रेसका तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बाबुकाजी डंगोल विजयी भएका हुन् ।

उनले १ हजार ७ सय ७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले १ हजार २९० मत पाएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ २०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×