मध्यपुर थिमि १ मा कांग्रेसका वडाध्यक्ष विजयी


काठमाडौँ — मध्यपुर थिमिमा नेपाली कांग्रेसले खाता खोलेको छ । शनिबार भएको मतगणना अन्तर्गत मध्यपुर थिमि नगरपालिका-१ मा कांग्रेसका तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बाबुकाजी डंगोल विजयी भएका हुन् ।



उनले १ हजार ७ सय ७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले १ हजार २९० मत पाएका छन् ।