रामपुर नगरपालिकाको मेयरमा कांग्रेसका रमण थापा अगाडि

पाल्पा — पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रमणबहादुर थापाले अग्रता बनाएका छन् । अहिलेसम्मको मतपरिणामअनुसार उनी १,३६१ मतका साथ अग्रस्थानमा छन् ।

रामपुर नगरपालिकाको मेयरमा कांग्रेसका रमण थापा अगाडि

थापालाई पछ्याइरहेका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शिव अर्यालले १,३३२ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी दुर्गादेवी राना १,३३७ मतसहित अगाडि रहेकी छिन् । उनलाई नेपाली कांग्रेसकी बालकुमारी थापाले १३३२ मतसहित पछ्याइरहेकी छिन् । रामपुरमा गठबन्धनबाट मेयर र उपमेयरमै कांग्रेसको भागमा परेको थियो । त्यस्तै रामपुर १ मा पनि नेपाली कांग्रेसका कपिल खाँण विजयी भएका छन् ।

रामपुरमा यसअघि पनि नेपाली कांग्रेसका थापा नै विजयी भएका थिए । उनले नेकपा एमालेका उम्मेदवार राजु श्रेष्ठलाई हराएका थिए ।

प्रकाशित : वैशाख ३१, २०७९ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?