तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका २ र ३ मा कांग्रेसको प्यानल विजयी

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका २ र ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारको प्यानल नै विजयी भएको छ । 

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका २ र ३ मा कांग्रेसको प्यानल विजयी

२ नम्बर वडामा रामबहादुर लिम्बु ३ सय ३२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अम्बिका लिम्बुले २ सय २१ मत प्राप्त गरेका छन् ।

त्यस्तै ३ नम्बर वडामा नेपाली कांग्रेसका विनयकुमार लिम्बु ३ सय ३६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका मनबहादुर लिम्बुले २ सय १७ मत प्राप्त गरेका छन् । बाँकी सदस्य पदमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?