पोखरा महानगरको प्रारम्भिक परिणाम : धनराज आचार्य १ मतले अगाडि- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

पोखरा महानगरको प्रारम्भिक परिणाम : धनराज आचार्य १ मतले अगाडि

कान्तिपुर संवाददाता

पोखरा — पोखरा महानगरपालिकाको प्रारम्भिक परिणाम शनिबार साँझ सार्वजनिक भएको छ ।

पहिलो पटक सार्वजनिक परिणामअनुसार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको १ मतको आग्रता रहेको छ ।

आचार्यले २३ मत ल्याएका छन् भने एमालेका कृष्णबहादुर थापाले २२ मत प्राप्त गरेका छन् । आचार्य सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् ।

त्यसैगरी उप प्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले २२ मत ल्याएकी छिन् । एमालेकी मञ्जु गुरुङले २० मत ल्याएकी छिन् । २०७४ सालमा भएको स्थानीय तह चुनावमा एमाले बहुमतका साथ विजयी भएको थियो ।

प्रकाशित : वैशाख ३१, २०७९ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका २ र ३ मा कांग्रेसको प्यानल नै विजयी

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका २ र ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारको प्यानल नै विजयी भएको छ ।

२ नम्बर वडामा रामबहादुर लिम्बू ३ सय ३२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अम्बिका लिम्बूले २ सय २१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, ३ नम्बर वडामा नेपाली कांग्रेसका विनयकुमार लिम्बू ३ सय ३६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका मनबहादुर लिम्बुले २ सय १७ मत प्राप्त गरेका छन् । बाँकी सदस्य पदमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ २०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×