जितपुर सिमराको मेयरमा माओवादीका पौडेल ६ सय मतले अगाडि


काठमाडौँ — जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार राजन पौडेल १,६७७ मतका साथ अग्रस्थानमा छन् ।



पौडेललाई पछ्याइरहेकी नेपाल कम्युनिस्ट पार्टी (एमाले)की सरस्वतीदेवी चौधरीले १,०३५ मत ल्याएकी छन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी मेघा शाही १,७३८ मतसहित अग्रस्थानमा रहेकी छिन् । उनलाई नेकपा एमालेका भोलाप्रसाद अधिकारीले १,०७७ मत ल्याएका छन् ।
जितपुर सिमरामा गठबन्धनबाट माओवादीले मेयर र कांग्रेसले उपमेयरमा उम्मेदवारी दिएको हो ।
प्रकाशित : वैशाख ३१, २०७९ २०:०१