कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

वीरगञ्जमा गठबन्धनका सिंहलाई सुरुवाती अग्रता

काठमाडौँ — वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । शनिबार अवेरमात्र सुरु भएको मतगणनाको प्रारम्भिक परिणामअनुसार गठबन्धनबाट जनता समाजवादी पार्टीका मेयर उम्मेदवार राजेशमान सिंहले ७९ मत प्राप्त गरेका छन् ।

वीरगञ्जमा गठबन्धनका सिंहलाई सुरुवाती अग्रता

नेकपा एमालेका विजयकुमार सरावगीले ५३ मत पाएका छन् । राप्रपाका उम्मेदवार गिरिश गिरीले २ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलमले ३९ मत प्राप्त गर्दा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले ९ मत प्राप्त गरेका छन् ।


प्रकाशित : वैशाख ३१, २०७९ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?