१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बुटवलको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

अमृता अनमोल

बुटवल — रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । उपप्रमुखमा भने एमाले अघि लागेको छ । २ हजार मत गन्दा प्रमुखमा कांग्रेसका खेलराज पाण्डेले ९ सय ८७ मत ल्याएका छन् ।

बुटवलको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

दोस्रोमा एमालेका बाबुराम भट्टराईले ४ सय ६० मत ल्याएर पछ्याएका छन् । राप्रपाका मृगेन्द्रकुमार शेरचनले ४ सय २६ मत ल्याएर तेस्रोमा छन् । निर्वाचन अधिकृत लेखनाथ पौडेलका अनुसार उपप्रमुखमा एमालेकी सावित्रीदेवी अर्यालले ६ सय ४६ मतका साथ अग्रता लिएकी छन् ।

राप्रपाकी भगवती पाण्डेले ४ सय ८३ र नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले ४ सय ३८ मत ल्याएका छन् । अहिलेसम्म बुटवलको वडा नम्बर १ को ६ सय मत गणना सकिएको छ भने १९ र २ को गणना भइरहेको छ । बुटवलमा कुल ९० हजार ६५ मतदाता रहेकोमा ६२ हजार १ सय १ मत खसेको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?