तनहुँको व्यास-८ मा पुन: मतदान हुने

सम्झना रसाइली

तनहुँ — तनहुँको व्यास नगरपालिका–८ को साविक रिस्ती गाविस मतदान स्थलमा पुन: मतदान हुने भएको छ । निर्वाचन आयोगले वैशाख ३१ गते गरिएको मतदान प्रक्रिया रद्द गरी रिस्तीका दुई वटा मतदान केन्द्रमा पुन: मतदान गर्ने निर्णय गरेको छ ।

तनहुँको व्यास-८ मा पुन: मतदान हुने

मतदानको समयमा शुक्रबार उक्त केन्द्रमा निरीक्षणका लागि पुगेका मेयर पदका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि आक्रमणपछि विवाद सिर्जना भएको थियो । रिस्तीमा विवाद भएपछि नेकपा (एमाले) र गोविन्दराज जोशी समूहले पुन: मतदान गर्न माग गर्दै शुक्रबार साँझ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गाना अनुसार रिस्तीमा जेठ ४ गते पुन: मतदान गरिने छ । उनले भने, ‘रिस्तीको गाविस भवन फेदी (क) र (ख) मा जेठ ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म पुन: मतदान हुनेछ र त्यसपछि मात्र व्यासको मतगणना अघि बढ्ने छ ।’

प्रकाशित : वैशाख ३१, २०७९ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?