कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रधानमन्‍त्री देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसका कार्की निर्वाचित

डीआर पन्त

डडेलधुरा — प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् ।

प्रधानमन्‍त्री देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसका कार्की निर्वाचित

कार्कीले ३ हजार ३८४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन् । उनले ३ हजार १३ मत पाइन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाएका छन् ।

प्रधानमन्त्री देउवाले वडा नं. १ को रुवाखोलाबाट मतदान गरेका थिए । सो वडामा भने कांग्रेसका उम्मेदवार पराजित भएका थिए ।

यहाँ सभापति देउवासँग असन्तुष्ट रहेको कांग्रेसका पुर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले कांग्रेस बीपीको नाममा एमालेसँग चुनावी तालमेल गरेर प्रतिष्पर्धामा उत्रिएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?