कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

राजविराजमा २ सय मत गन्दा मेयरमा ४१ र उपमेयरमा ५७ मत बदर

अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराज नगरपालिकामा २ सय मत गन्दा नगरप्रमुख पदमा ४१ र उपप्रमुखमा ५७ मत बदर भएको छ । २ सय मत गणना गर्दा प्रमुखमा १ सय ५९ र उपप्रमुखमा १ सय ४३ मत मात्र सदर भएको हो । राजविराज १ बाट मतगणना सुरु भएको हो । 

राजविराजमा २ सय मत गन्दा मेयरमा ४१ र उपमेयरमा ५७ मत बदर

पछिल्लो मत परिणामअनुसार नगरप्रमुखमा जसपाका भिमराज यादवले ७१ मत प्राप्त गरी प्रारम्भिक अग्रता लिएका छन् । नेकपा माओवादी केन्द्रका शम्भुप्रसाद यादवले ४४ मत प्राप्त गरी उनलाई पछ्याइरहेका छन् । यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका नथुनी दासले १७ र नेपाली कांग्रेसका इर्साद अन्सारीले १३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा माओवादी केन्द्रकी प्रमिलाकुमारी साहले ५०, कांग्रेसकी सुशीला यादवले ३२ र जसपाकी इसरत परविणले २८ मत प्राप्त गरेकी छन् ।

त्यस्तै राजविराज १ को वडाध्यक्षमा कांग्रेसका आनन्दकुमार झाले ४१, जसपाका चन्द्रशेखर चौधरीले ४० र माओवादी केन्द्रका गंगाराम यादवले ३५ मत प्राप्त गरेका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?