बुटवल- १ मा स्वतन्त्र उम्मेदवार बस्नेत विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवल- १ मा स्वतन्त्र उम्मेदवार बस्नेत विजयी

कान्तिपुर संवाददाता

बुटवल — बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन्।उनी कांग्रेसबाट बागी उम्मेदवार बनेका थिए  ।

कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उठेका थिए। निर्वाचनमा पुतली चिन्हबाट लडेका बस्नेत विजयी भएका हुन् । उनले ६३६ मत ल्याएका छन् । तर निर्वाचन आयोगले भने औपचारिक घोषणा गरेको छैन ।बस्नेतले २०५४ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारमा कुचो चुनाव चिन्हमार्फत विजयी भएका थिए।


उनका निकाटतम प्रतिद्वन्द्वी एमालेका महेन्द्र लिगलले ५५१ मत पाएका छन्। प्रतिस्पर्धामा चर्चित र बलियो उम्मेदवारका रुपमा लिगललाई एमालेले अगाडि ल्याएकाे थियाे। यस्तै नेपाली कांग्रेसका माधवप्रसाद प्रधानले ३४८ मत प्राप्त गरेका छन्।

बुटवलमा ४ वटा वडा सदस्य नेपाली कांग्रेसले जितेको छ। महिला सदस्य निलम गौतम, दलित महिला सदस्य प्रेमशिला धोबी , सदस्यहरु अदिल अहमद खान र अशोक राई विजयी भएका हुन्।


अहिले निर्वाचन कार्यालय बाहिर कांग्रेस र स्वतन्त्रको विजय र्‍याली देखिन थालेकाे छ । बुटवलमा अहिले वडा नम्बर २ र १९ को मतगणना भइरहेको छ। बुटवलमा १ मा १९७४ मत खसेको थियो। यद्यपि घोषणा हुन बाँकी छ।

प्रकाशित : वैशाख ३१, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्

बाबुराम भट्टराईको वडामा जसपाको प्यानल नै विजयी

कान्तिपुर संवाददाता

गोरखा — गोरखाको पालुङटार नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी(जसपा)का वडाध्यक्ष उमेदवार कृष्ण परियार विजयी भएका छन् । 

पालुङटार वडा नम्बर १ जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको वडा हो । परियारले ६ सय ४८ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले ५ सय ८ मत ल्याए । उक्त वडामा जसपाको प्यानल नै विजयी बनेको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×