कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ललितपुरको मेयरमा चिरीबाबुको अग्रता

काठमाडौँ — ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ११० मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले ४७ मत ल्याएका छन् ।

ललितपुरको मेयरमा चिरीबाबुको अग्रता

त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्य ६४ मतसहित अगाडि छिन् । त्यस्तै नेकपा माओवादीका बाबुराजा बज्राचार्य २० मतसहित दोस्रो स्थानमा रहेका छन् । ललितपुरमा गठबन्धनबाट कांग्रेसले मेयर र माओवादीले उपमेयरमा उम्मेदवारी दिएको थियो ।

यसअघि कांग्रेसले मेयर र उपमेयर दुवै पद जितेको थियो । कांग्रेसले निवर्तमान मेयर चिरीबाबुलाई नै उम्मेदवार बनाएको हो ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?