महाकुलुङ १ मा कांग्रेसको प्यानल नै विजयी

भानुभक्त निरौला

साेलुखुम्बु — सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ मा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार पर्खिधन राईको प्यानल नै विजयी भएको छ ।

महाकुलुङ १ मा कांग्रेसको प्यानल नै विजयी

शनिबार दिउँसो सम्पन्‍न वडा नम्बर मतपरिणाम अनुसार पर्खिधन राईले ६ सय ४६ मत ल्याएर विजयी बनेका हुन् ।

उनीसहित देवनारायण राई, कर्मा शेर्पा, इन्द्रकुमारी राई र हिरामाया विक विजयी भएका हुन् । वडाअध्यक्ष राईका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी निर कुमार कुलुङले ४४३ ल्याए भने नेकपा एमालेका उम्मेदवार तिमल कुमार राईले २३४ मत पाएका छन् ।

१३९८ मत गणना हुँदा कांग्रेसका पालिका उम्मेदवारको अग्रता छ । कांग्रेसका सुर्य कुलुङले ६१० मत ल्याउँदा माओवादीका सागर किराँतीले ४९२ मत पाएका छन् । एमालेका भक्त राईले २०७ मत प्राप्त गरेका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?