कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पोखरा महानगरपालिकाको मतगणना सुरु

दीपक परियार

पोखरा — पोखरा महानगरपालिकाको मतगणना दिउँसो चार बजेबाट सुरू भएको छ । सर्वदलीय बैठकले २ बजेबाट सुरू गर्ने निर्णय गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरू भएको हो । पोखराको वडा नम्बर १, १२ र २२ बाट मतगणना सुरू भएको छ । 

पोखरा महानगरपालिकाको मतगणना सुरु

मतगणना सहिदचोकस्थित जिल्ला समन्वय समितिको दुई र नगर विकास समितको एक सभाहलमा भइरहेको छ। तीन सभाहलमा ६ स्थानमा मतगणना हुँदै छ । उम्मेदवारले प्रतिनिधि पठाउन ढिलाइ गरेको र निर्वाचन कार्यालयले प्रतिनिधिको परिचयपत्र बनाउन अबेर गरेकाले मतगणनामा विलम्ब भएको हो ।

मतगणना स्थलमा तारजाली लगाइएको छ भन सीसीटीभी क्यामेरासमेत जडान भइसकेको छ । मतगणना स्थल वरपर दलका कार्यकर्ता र उम्मेदवारका समर्थकको बाक्लो उपस्थिति छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?