मतपेटिका नआउँदा दाेलखाको गौरीशंकर गाउँपालिकाको मतगणनामा ढिलाई

केदार शिवाकोटी

काठमाडौँ — दोलखाको गौरीशंकर गाउँपालिका–१ बेदिङबाट अझैसम्म मतपेटिका आईनपुग्दा मतगणनामा ढिलाई भएको छ ।

मतपेटिका नआउँदा दाेलखाको गौरीशंकर गाउँपालिकाको मतगणनामा ढिलाई

अति दुर्गम बेदिङबाट मतपेटिका मतगणनास्थल ल्याउन दुई दिन लाग्छ । शुक्रबार ५ बजे मतदान सम्पन्न भएपछि मतपेटिका लिएर टाेली हिँडेकाे थियाे । मतपेटिका शनिबार साँझसम्म आइपुग्ने निर्वाचन अधिकृत होमप्रसाद घिमिरेले बताए । मतपेटिका आइसकेपछि मतगणना गरिने उनले बताए । मतगणनाका लागि सर्वदलीय बैठक भने बसिसकेको छ । रोल्वालिङ उपत्यकामा पर्ने पर्यटकीय गाउँ बेदिङमा ९५ जना मतदाता छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?