१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

महोत्तरीको बार्दिवास-८ मा माओवादीका शमशेर सिंह विजयी

सुनिता बराल

महोत्तरी — महोत्तरीको बार्दिवास नगरपालिका-८ मा नेकपा माओवादी केन्द्रका शमशेरसिंह लामा विजयी भएका छन् । बर्दिवास नगरपालिकाको वडा नम्बर ८ को अन्तिम मतपरिणाम अनुसार लामा वडाध्यक्षमा ७ सय ५३ मत ल्याएर विजयी भएका हुन् । 

महोत्तरीको बार्दिवास-८ मा माओवादीका शमशेर सिंह विजयी

बर्दिवास निर्वाचन कार्यालयका अधिकृत भुपेन्द्र सापकोटाले उनी विजयी भएको घोषणा गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गरेका छन् ।

शुक्रबार राति २ बजेबाट बर्दिवास सेवा समितिको हलमा बर्दिवास नगरपालिकाको मत गणना सुरु भएको थियो । ३ हजार ६ सय ५ मतदाता रहेको बर्दिवास ८ मा कुल २ हजार ५ सय ६२ मत खसेको थियो ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?