कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मतगणना भइरहेका बागलुङका चार पालिकामा गठबन्धनको अग्रता

प्रकाश बराल

बागलुङ — बागलुङका चार पालिकामा जारी मतगणनामा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् ।गलकोट र जैमिनी नगरपालिका तथा ताराखोला र निसीखोला गउँपालिकामा गठबन्धनका उम्मेदवार अगाडि देखिएका हुन् ।

मतगणना भइरहेका बागलुङका चार पालिकामा गठबन्धनको अग्रता

गलकोट नगरपालिकाको वडा नंं १ को अध्यक्षमा गठबन्धनका उम्मेदवार लालबहादुर रानाको प्यानल नै विजयी भएको छ । त्यस्तै वडा नंं ११ मा भने एमालेका डम्बर श्रीष वडा अध्यक्षमा बिजयी भएका छन् । गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले १ हजार ३८ मत ल्याएर अग्रता लिएका छन् भने एमालेका पूर्ण काउचाले ६ सय ५६ मत ल्याएका छन् । स्वतन्त्र उमेदवार मञ्जु शर्माले ३ सय २९ मत ल्याएकी छिन्। उपप्रमुखमा माओवादीका फमलाल निउरेले ९ सय ८५ मतले अग्रता लिएका छन् । एमालेका रुपा विकले ७ सय ४९ र स्वतन्त्र उम्मेदवार तिलक उप्रेतीले १ सय ६ मत पाएका छन् ।

ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा माओवादीका धनबहादुर विकले ६ सय ८६ मतले अग्रता लिएका छन् । एमालेका ऋषिराम रोकाको १ सय ११ र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको २ सय ९० मत छ । उपाध्यक्षमा कांग्रेसका भिमबहादुर रोकाले ७ सय २० मतले अग्रता लिएका छन् । एमालेका थममाया घर्तीले २ सय ३४ मत पाएकी छिन् ।

निसीखोलामा पनि गठबन्धनले अग्रता लिएको छ । अध्यक्ष पदमा कांग्रेसका सूर्यबहादुर घर्तीले ३ सय ५७ मतले अग्रता लिएका हुन् । एमालेका भूमिराज घर्ती मगरले ३ सय १८ मत पाएका छन् । उपाध्यक्षमा माओवादीका प्रेमबहादुर घर्तीले ३ सय ४० र एमालेका भोटु चन्दले ३ सय २८ मत पाएका छन् । जैमिनी नगरपलिकामा गठबन्धनका तर्फबाट राजमोका नरबहादुर पुनले १ सय ५० मतले अग्रता लिएका छन् । एमालेका लीला रानाले ४० मत पाएका छन् । उपप्रमुखमा कांग्रेसका हरिहर शर्माले १ सय ३२ र एमालेकी उषा पौडेलले ३८ मत पाएकी छिन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?