मतगणना भइरहेका बागलुङका चार पालिकामा गठबन्धनको अग्रता- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतगणना भइरहेका बागलुङका चार पालिकामा गठबन्धनको अग्रता

प्रकाश बराल

बागलुङ — बागलुङका चार पालिकामा जारी मतगणनामा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् ।गलकोट र जैमिनी नगरपालिका तथा ताराखोला र निसीखोला गउँपालिकामा गठबन्धनका उम्मेदवार अगाडि देखिएका हुन् ।

गलकोट नगरपालिकाको वडा नंं १ को अध्यक्षमा गठबन्धनका उम्मेदवार लालबहादुर रानाको प्यानल नै विजयी भएको छ । त्यस्तै वडा नंं ११ मा भने एमालेका डम्बर श्रीष वडा अध्यक्षमा बिजयी भएका छन् । गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले १ हजार ३८ मत ल्याएर अग्रता लिएका छन् भने एमालेका पूर्ण काउचाले ६ सय ५६ मत ल्याएका छन् । स्वतन्त्र उमेदवार मञ्जु शर्माले ३ सय २९ मत ल्याएकी छिन्। उपप्रमुखमा माओवादीका फमलाल निउरेले ९ सय ८५ मतले अग्रता लिएका छन् । एमालेका रुपा विकले ७ सय ४९ र स्वतन्त्र उम्मेदवार तिलक उप्रेतीले १ सय ६ मत पाएका छन् ।

ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा माओवादीका धनबहादुर विकले ६ सय ८६ मतले अग्रता लिएका छन् । एमालेका ऋषिराम रोकाको १ सय ११ र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको २ सय ९० मत छ । उपाध्यक्षमा कांग्रेसका भिमबहादुर रोकाले ७ सय २० मतले अग्रता लिएका छन् । एमालेका थममाया घर्तीले २ सय ३४ मत पाएकी छिन् ।

निसीखोलामा पनि गठबन्धनले अग्रता लिएको छ । अध्यक्ष पदमा कांग्रेसका सूर्यबहादुर घर्तीले ३ सय ५७ मतले अग्रता लिएका हुन् । एमालेका भूमिराज घर्ती मगरले ३ सय १८ मत पाएका छन् । उपाध्यक्षमा माओवादीका प्रेमबहादुर घर्तीले ३ सय ४० र एमालेका भोटु चन्दले ३ सय २८ मत पाएका छन् । जैमिनी नगरपलिकामा गठबन्धनका तर्फबाट राजमोका नरबहादुर पुनले १ सय ५० मतले अग्रता लिएका छन् । एमालेका लीला रानाले ४० मत पाएका छन् । उपप्रमुखमा कांग्रेसका हरिहर शर्माले १ सय ३२ र एमालेकी उषा पौडेलले ३८ मत पाएकी छिन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्

गुल्मीका ९ वडामा कांग्रेस विजयी

कान्तिपुर संवाददाता

गुल्मी — गुल्मीका १३ वडाको मतगणना सकिँदा कांग्रेसले ९ वटा वडामा विजयी भएको छ । गुल्मीका ९३ वडामध्ये १३ वटा वडामा मतगणना सकिँदा रेसुङ्गा नगरपालिकाका ८, गुल्मी दरबारका २, मदाने र चन्द्रकोटको १-१ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको हो । 

मतगणना सकिएका १३ मध्ये ९ वटा वडामा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लिलाधर आचार्य, ५ मा दुर्गाप्रसाद खनाल र ७ मा रामजीप्रसाद पन्थी विजयी भएका छन् ।

त्यस्तै, कांग्रेसकै तर्फबाट गुल्मी दरबार १ मा राजेन्द्र कँडेल, ७ मा शालिकराम टण्डन विजयी भका छन् । मदाने गाउँपालिका १ मा पनि कांग्रेसकै शुशील चन्द विजयी भएका छन् ।

त्यस्तै, नेकपा एमालेका तर्फबाट रेसुङ्गा १ मा रामप्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ र ८ मा निरञ्जन थापा काउछा विजयी भएका छन् । जिल्लाकोट चन्द्रकोट गाउँपालिका १ मा नेकपा (माओवादी केन्द्र) का घनश्याम खरेल विजयी भएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×