२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

राप्तीसोनारीमा एमालेको अग्रता

रुपा गहतराज

नेपालगन्ज — बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । १ हजार २ सय मत गणना हुँदा एमालेका अध्यक्ष उम्मेदवार रामदाश थारु ४ सय ३६ मतसहित अग्रता लिएका छन् ।

राप्तीसोनारीमा एमालेको अग्रता

त्यसैगरी, नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार तप्त पौडेलले ४ सय ३ र माओवादी केन्द्रका पट्टु थारुले २ सय १३ मत पाएको निर्वाचन अधिकृत टोप बहादुर केसीले जानकारी दिए ।

केसीका अनुसार राप्रपाका उम्मेदवारले ३७ मत र जनता समाजवादी पार्टीका उम्मेदवार प्रेम डाँगीले पाँच मत मात्रै पाएका छन् ।


प्रकाशित : वैशाख ३१, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?