२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेपालगन्ज उपमहानगरमा कांग्रेसका विष्टको अग्रता  

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ मा १ सय ९८ मतगणना हुँदा नेपाली कांग्रेसका प्रशान्त विष्टले ७९ मतका साथ अग्रता लिएका छन् ।

नेपालगन्ज उपमहानगरमा कांग्रेसका विष्टको अग्रता  

नेकपा एमालेका पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल वैश्यले ५ मत प्राप्त गरेका छन् । यस्तै नगर उपप्रमुखमा जनता समाजवादी पार्टी(जसपा)का कमरुद्धिन राईले ६८, नेकपा एमालेकी शान्ति ढकालले २६ र राप्रपाकी बिन्दु चर्ती मगरले ७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ र २२ को पनि मतगणना चलिरहेको छ ।


प्रकाशित : वैशाख ३१, २०७९ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?