मकवानपुरको गढीमा विवादपछि मतगणना स्थगित

सुवास विडारी

मकवानपुर — मकवानपुर गढी गाउँपालिकामा मतगणनाको क्रममा विवाद भएपछि तत्कालका लागि मतगणना स्थगित गरिएको छ । 

मकवानपुरको गढीमा विवादपछि मतगणना स्थगित

सर्वदलीय बैठकको क्रममा मतगणना सुरु हुनुअघि गाउँपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराइने सहमति भए पनि उनलाई पछि जाँच नगरी भित्र पठाएको भन्दै विरोध भएपछि विवाद भएको हो ।

तत्कालका लागि मतगणना रोकिएको छ । गणना स्थगित हुनुअघिसम्म गाउँपालिका–१ र ८ वडाको मतगणनामा सत्ता गठबन्धन अगाडि देखिएको थियो । एमालेका उम्मेदवार दोस्रोमा थिए ।

वडा नम्बर १ को एक सय र वडा नम्बर ८ को २ सय मत गणना हुँदा गाउँपालिका अध्यक्षको गठबन्धनबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले १ सय ७४ मत प्राप्त गरेका छन् ।

एमालेका विदुर हुमागाइँले ९० मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी मानकुमारी पाख्रिन नेपालीले १ सय ५१ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याउँदै एमालेकी सन्तु थिङले ८९ मत प्राप्त गरेकी छन् । दुवै वडाहरुमा पनि कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?