२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

भरतपुर महानगरपालिकाको मतगणना सुरू

चितवन — चितवनस्थित भरतपुर महानगरपालिकाको मतगणना सुरू भएको छ । शनिबार बिहान झण्डै १२ बजे महानगरको वडा नम्बर १ बाट गणना सुरू गरिएको हो।

भरतपुर महानगरपालिकाको मतगणना सुरू

एक लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरमा शुक्रबार भएको मतदानमा १ लाख २७ हजारले मत दान गरेका थिए । यहाँ माओवादी केन्द्रको तर्फबाट रेणु दाहाल मेयरको उम्मेदवार छिन् भने एमालेको तर्फबाट विजय सुवेदी उम्मेदवार छन् ।

नेपाली कांग्रेसले भने यहाँ मेयरको रुपमा माओवादी केन्द्रलाई समर्थन गरेको छ । यद्यपि कांग्रेसबाट असन्तुष्ट बनेका जगन्नाथ पौडेलले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

भरतपुर महानगरपालिकामा कूल जनसंख्या ३,६९,३७७ रहेको छ भने कुल मतदाता संख्या १,८५,७५२ रहेको छ । जसमा ८८,८८४ पुरुष र ९६,८६७ महिला रहेका छन् । यस महानगरपालिकामा २९ वडा छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?