२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

अर्जुनचौपारी गाउँपालिकामा मतगणना रोकियो

स्याङजा — स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा एमालेका कार्यकर्ताले तोडफोड गरेको गाडीको क्षतिपुर्ति माग गर्दै कांग्रेसले असन्तुष्टि जनाएपछि मतगणना रोकिएको छ ।

अर्जुनचौपारी गाउँपालिकामा मतगणना रोकियो

कांग्रेसका नेताहरूले एमालेबाट क्षतिपुर्ति आएपछि मात्रै मतगणना पुन: सुरु गर्न तयार रहेको बताएका छन् । साथै निर्वाचन अधिकृतका अनुसार सर्वदलीय बैठक बसेपछि मात्रै मतगणना गरिने भएको छ ।

कांग्रेसका नेताहरूले भने एमालेबाट क्षतिपुर्ति नआएसम्म मतगणना गर्न नदिने अडान राखेका छन् । अर्जुनचौपारी गाउँपालिकामा कूल जनसंख्या १४,०९४ रहेको छ भने कुल मतदाता संख्या १३,८६७ रहेको छ । जसमा ६,९४९ पुरुष र ६,९१८ महिला रहेका छन् । यस गाउँपालिकामा ६ वडा छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?