कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

ताप्लेजुङको मेरिङदेन ६ मा एमालेको जित

आनन्द गौतम

ताप्लेजुङ — नेकपा (एमाले)ले मेरिङदेन गाउँपालिका वडा नम्बर ६ मा एमालेले अध्यक्ष जितेको छ । मेरिङदेन गाउँपालिका ६ नाल्बुमा सम्पन्न मतगणनामा वडाध्यक्ष र सदस्यहरू एमालेको प्यानलै विजयी भएका छन् । 

ताप्लेजुङको मेरिङदेन ६ मा एमालेको जित

मेरिङदेनका निर्वाचन अधिकृत शम्भु रेग्मीका अनुसार एमालेका मनोजकुमार तुम्वाहाम्फे ४ सय ५६ मत सहित विजयी भएका हुन् । उनका प्रतिष्पर्धी रुख चिह्न लिएर उठेका नेकपा (एस)का ठाकुरसिंह लिम्बुले ३ सय २४ मत प्राप्त गरे । वडाध्यक्षमा १ सय ३२ मतको अन्तर भएको छ ।

महिला वडासदस्य याङदे शेर्पा, दलित महिला सदस्य दिलकुमारी विक, खुला सदस्य नरध्वज लिम्वू र भिमकुमार शेर्पा विजयी भएका छन ।

यो वडामा काग्रेस, नेकपा (एस) र माओवादीले गठबन्धन गरेका थिए । मतदाताले मत बिगार्लान भनेर सबै उम्मेद्धार रुख चुनाव चिन्ह लिएर चुनावमा सहभागी भएका थिए । गाउँपालिका अध्यक्षमा भने यहाँ ६६ मतको मात्रै अन्तर भएको छ । एमालेका केदारजंग लिम्बुले ४ सय २६ र कांग्रेसका युकहांगवीर हाङगामले ३ सय ६० मत ल्याएका छन । उपाध्यक्षका उम्मेद्धार नेकपा (एस) का दुर्गाप्रसाद श्रेङचोवाङले ३ सय १७ र माओवादीबाट विद्रोही उठेर एमालेसँग तालमेल गरेका दावाछिरिङ शेर्पाले २ सय ९६ मत ल्याएका छन ।

प्रकाशित : वैशाख ३१, २०७९ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?