बौदिकाली गाउँपालिकामा कांग्रेसको अग्रता  - स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

बौदिकाली गाउँपालिकामा कांग्रेसको अग्रता  

नारायण शर्मा

कावासोती — बौदीकाली गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका उम्मेदवार खडकबहादुर रानाले ६ सय ४० मत प्राप्त गरेका छन् । एमालेका प्रकाश ओझाले ५ सय ६४ मतले पछयाउँदै छन् । 

कूल ११ हजार ४ सय ९७ मत रहेको बौदीकालीमा ७ हजार ७ सय ६३ मत खसेको छ । यसअघिको निर्वाचनमा यस गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको थियो ।


प्रकाशित : वैशाख ३१, २०७९ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

बैतडीको सुर्नया–१ मा एमालेका उम्मेदवार विजयी

तृप्ति शाही

बैतडी — बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका वडा अध्यक्ष उम्मेदवार धनबहादुर चन्द प्यानलसहित विजयी भएका हुन् । 

चन्दले १ सय ५५ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले १ सय १५ मत ल्याएका छन् । वडाका सबै सदस्यहरूमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×