कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

छांङ्रु र तिंकरका मतपेटिका सुन्सेरा पुर्‍याइयो, मतगणनाको तयारी

मनोज बडू

दार्चुला — दार्चुलाको सबैभन्दा विकटमा रहेको ब्यास गाउँपालिका–१ छाङ्रु र तिंकर मतदान केन्द्रका मतपेटिका अहिले हेलिकप्टरबाट सुन्सेरा पुर्‍याइएको छ । 

छांङ्रु र तिंकरका मतपेटिका सुन्सेरा पुर्‍याइयो, मतगणनाको तयारी

नेपाली सेनाको हेलिकप्टरले मतपेटिका ढुवानी गरेपछि ब्यास गाउँपालिकाको मतगणना बल्ल सुरु गर्ने तयारीमा जुटेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ब्यास गाउँपालिकाको केन्द्र सुन्सेरामा दुईवटा मतदान केन्द्रको मतपेटिका नपुगेपछि मतगणना सुरु हुन सकेको थिएन ।

नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याइएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए । उक्त मतदान केन्द्रहरुमा गत शनिबार छांगरु र तिंकरमा निर्वाचन सामग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत् पुर्‍याइएको थियो ।

ब्यास– १ का दुई वटा मतदान केन्द्रमा साढे तीन सय बढी मत खसेको छ । मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा १३६ र कैलाशपति आधारभूत विद्यालय छांगरुमा २१० मत गरी कुल ३ सय ५५ मत खसेका थिए ।

प्रकाशित : वैशाख ३१, २०७९ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?