रामारोशन- १ को अध्यक्षमा माओवादी केन्द्र विजयी
अछाम — अछाम रामारोशन गाउँपालिका मलातिकाकोट -१ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल विजयी भएको छ ।
साउदले ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा (एमाले)ले ३ सय ८० मत प्राप्त गरेका छन् ।
उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि नेकपा (माओवादी केन्द्र) ५ सय १० र उपाध्यक्षमा ४ सय ५९ मत ल्याएर अग्रता कायम गरेको छ ।
प्रकाशित : वैशाख ३१, २०७९ ०८:१७प्रतिक्रिया