३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सिद्धार्थनगरमा कांग्रेसको अग्रता       

माधव ढुंगाना

भैरहवा — भैरहवाको सिद्धार्थनगर नगरपालिकामा गठबन्धनका उम्मेदवार कांग्रेसका ईश्तियाक अहमद खानले अग्रता लिएका छन् ।

सिद्धार्थनगरमा कांग्रेसको अग्रता       

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को ७ सय ९२ मत गणनामा कांग्रेसका खानले ३ सय ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीका सागरप्रताप राणाले १ सय ६५ र एमालेका रामप्रसाद बस्यालले ६२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा जनता समाजवादी पार्टीकी आसमा खातुनले १ सय ४४, गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी कमला थापाले १ सय २७, राष्ट्रिय प्रजातन्त्र पार्टीकी विनिता गुप्ताले १ सय ७ मत प्राप्त गरेकी छन् ।


१ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसले ४ सय १६, जनता समाजवादी पार्टीले १ सय ६५ र एमालेले ४८ मत प्राप्त गरेको छ ।



प्रकाशित : वैशाख ३१, २०७९ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?