२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सोलुखुम्बुमा दोहोरो झडप हुँदा एकको मृत्यु

तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।
भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा भएको दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ ।

सोलुखुम्बुमा दोहोरो झडप हुँदा एकको मृत्यु

वडा नम्बर ३ मा भोट खासल्न आएकी विरामी वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको हो । शुक्रबार साँझ भएको घटनमा घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहाले जानकारी दिए ।

कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मत खासल्नका लागि वृद्धालाई बोकेर ल्याइएको थियो । तर मतदान गरिसकेपछि भने घर पुर्‍याउन बेवास्ता गरेको आरोप कांग्रेसका कार्यकर्ताले लगाएपछि दुई समूह बीच विवाद बढेको थियो । दमको विरामी ती वृद्धाको शुक्रबार साँझ नै मृत्यु भएको थियो ।

प्रकाशित : वैशाख ३१, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?