कोन्ज्योसोममा एमालेको सुरुवाती अग्रता- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोन्ज्योसोममा एमालेको सुरुवाती अग्रता

प्रशान्त माली

ललितपुर — ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । चार सय मत गणना गर्दा अध्यक्ष‍मा नेकपा (एमाले) का कृष्णमान लामाले अग्रता बनाएका छन् । 

लामाले १ सय ९१ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार गोपीलाल सिंतान १ सय ६२ ल्याएर पछ्याइरहेका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसबाट गठबन्धनका साझा उम्मेदवार राजनप्रसाद घिमिरे १ सय ५८ मत प्राप्त गरेर अग्रता बनाएका छन् । एमालेका उपाध्यक्ष रनिता तामाङले १ सय ३० का साथ पछ्याइरहेका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

ललितपुर महानरपालिकामा सर्वदलीय बैठक बस्दै

प्रशान्त माली

काठमाडौँ — ललितपुर महानगरपालिकामा मतगणनाका लागि सर्वदलीय बैठक बस्दैछ । दलीय प्रतिनिधि आउने क्रम जारी छ । 

ललितपुर महानगरमा पुरुष ४२ हजार ७ सय ६२ र महिला ४३ हजार ७ सय ७८ गरी ८६ हजार ५ सय ४० मत खसेको छ । महानगरमा कूल मतदाता १ लाख २२ हजार ८ सय ९० छन् ।

ललितपुरका ६ वटै पालिकमा एक लाख ७९ हजार ७ सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ललितपुरमा कूल मतदाता २ लाख ४३ हजार ८ सय ८४ जना छन् ।

ललितपुर मेयरमा पाँच दलीय गठबन्धनबाट कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्रचार्य छन् । एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×