कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

याङ्यामा १४ मत खस्यो

ताप्लेजुङका हिमाली जिल्लामा कम मत
आनन्द गौतम

ताप्लेजुङ — ६० मतदाता रहेको ताप्लेजुङको हिमाली बस्ती याङमामा १४ मत मात्रै खसेको छ । १० पुरुष र ४ महिलाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए । यहाँ १६ मत झर्ने अपेक्षा गरिएको थियो । घुन्साका दुई मतदाता नगएपछि मत कम भएको हो । २०७४ को निर्वाचनमा यहाँ २४ मत खसेको थियो ।

याङ्यामा १४ मत खस्यो

यो ठाउँ फक्ताङलुङ गाउँपालिका–७ मा पर्छ । यो वडामा गोला र याङ्मा गरी दुई मात्रै बस्ती छन् । तर एउटादेखि अर्को बस्ती पुग्न पूरै एक दिन हिँड्नुपर्छ । याङ्मा ४ हजार २ सय मिटर उचाइमा पर्छ । याङ्माको मतदान गराउन सुरक्षाकर्मीसहित नौ जनाको टोली गएको थियो । उनीहरूले थप तीन स्वयंसेवक राखेर मतदान गराएका थिए । सदरमुकाम फुङलिङबाट गाडी र पैदल गरी तीन दिनमा बस्ती पुगिन्छ ।

यस्तै, ओलाङचुङगोलामा ४३ महिलासहित ८५ मत खसेको निर्वाचन अधिकारी खनालले बताए । यहाँ २ सय ७६ मतदाता भए पनि गोठमा बस्नेहरू नआएकाले कम भोट खसेको हो । घुन्सामा ८१ जनाले मतदान गरे । केही समयदेखि अस्वस्थ ३६ वर्षीय जोन्डेला शेर्पाको मृत्यु भएपछि गाउँलेहरू बिहानभर मृत्यु संस्कारमा सहभागी भएका थिए । अन्त्येष्टिलाई केही समय थाती राखेर गाउँलेले मतदान गरेका थिए । यहाँ ४४ पुरुष र ३७ महिलाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ १ सय ६६ मतदाता थिए ।

प्रकाशित : वैशाख ३१, २०७९ ०३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?