कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेसका लामा विजयी

आश गुरुङ

लमजुङ — मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । घोषणा गर्न भने बाँकी छ ।

मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेसका लामा विजयी

उनले १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका लागि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष बनेका हुन् । प्रतिद्वन्द्व स्वतन्त्रका कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन् । कोन्जो तेन्जिङ लामा यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए । पछि कांग्रेस प्रवेश गरेका उनलाई स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेसले अध्यक्षमा चुनाव लड्न टिकट दिएका थिए । अध्यक्षमा उम्मेदवारी दिएका स्वतन्त्रका मिङमार सोनम लामाले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

यसअघि उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षमा कांग्रेस, स्वतन्त्र लगायतले उम्मेदवारी दर्ता नगरेपछि मेङमरको एकल उम्मेदवारी परेको हो । नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात ६७ दशमलब ८५ प्रतिशत मत खसेको थियो ।

नार्पाभूमि गाउँपालिका १ मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भइसकेका छन् । वडा नं. २ मा स्वतन्त्रका फुन्चोक वङगे लामा ४१ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्रका फुन्जो पासाङ लामाले २१ मत ल्याएका छन् । वडा नं. ३ मा स्वतन्त्रका लाक्पा छेवाङ लामा २५ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी पेम्बा फुन्जो लामाले २१ मत ल्याएका छन् । वडाध्यक्षका प्रत्यासी नेकपा एमालेका साङगे धावा लामाले १८ मत र स्वतन्त्र उम्मेदवार साङमो छिमी लामाले ४ मत ल्याएका छन् ।

वडा नं. ४ को अध्यक्षमा स्वतन्त्रका कर्मा ग्याङ्जे लामा र वडा नं. ५ को अध्यक्षमा सोनाम तेजे लामा निर्विरोध भएका छन् । दुवैजना एमाले समर्थित हुन् ।

प्रकाशित : वैशाख ३१, २०७९ ०१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?