३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

काठमाडौं महानगरको मतगणना सुरु हुन समय लाग्ने

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मतगणना सुरु गर्न थप समय लाग्ने भएको छ । काठमाडौंका प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाले महानगरपालिकाका विभिन्न मतदान केन्द्रहरुबाट संकलन गरिएको मतपेटिका बुझ्ने काम जारी रहेको बताए ।

काठमाडौं महानगरको मतगणना सुरु हुन समय लाग्ने

'अझै पनि मतपेटिका बुझ्ने काम जारी रहेको छ । यसका लागि थप एक घण्टा (राति १२ बजे) लाग्ने अनुमान गरेका छौं' खतिवडाले भने, 'त्यसपछि दल तथा स्वतन्त्र उम्मेदवारसहित सर्वदलीय बैठक बस्छ । त्यसले नै कहिलेबाट मतगणना सुरु गर्ने भन्ने विषयमा निर्णय गर्ने छ । कतिखेर सुरु हुन्छ ठ्याक्कै भन्न सक्दैनौं ।' उनले सबै मतपेटिका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा रहेको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइसकेको बताएका छन् ।

काठमाडौं महानगरपालिकामा ३२ वडामा ३ सय ६३ वटा मतदान केन्द्र थिए । काठमाडौंमा ६४ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिकामा ३ लाख २ सय ४२ मतदाता रहेका छन् । '६ वटा काउन्टरमा मतपेटिका बुझ्ने र त्यसलाई भण्डार गर्ने काम भैरहेको छ,' खतिवडाले जानकारी दिए ।

'काठमाडौंको मतगणना सुरु भएको छैन । बाहिर कसले सामाजिक सञ्जालमा के लेख्यो थाहा छैन,' खतिवडाले भने ।

प्रकाशित : वैशाख ३०, २०७९ २३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?