२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बुटवल उपमहानगरमा राति १२ बजेदेखि मतगणना हुने

अमृता अनमोल

बुटवल — रुपन्देहीको बुटवल उपमहानगरपालिकामा राति १२ बजेदेखि मतगणना सुरु हुने भएको छ । अहिले १९ वटै वडाका मतदान केन्द्रका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ । सर्वदलीय बैठकलगत्तै मतगणना थाल्ने बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए ।

बुटवल उपमहानगरमा राति १२ बजेदेखि मतगणना हुने

बुटवलमा कुल ९० हजार ४०४ मतदाता रहेकोमा ६२ हजार १०१ मत खसेको छ । जहाँ प्रमुखको उम्मेदवारमा गठबन्धनबाट कांग्रेसका खेलराज पाण्डे र एमालेका बाबुराम भट्टराई प्रतिस्पर्धामा छन् ।


प्रकाशित : वैशाख ३०, २०७९ २३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?