२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कालीकोटमा दुई मतदान केन्द्रको चुनाव स्थगित

तुलाराम पाण्डे

कालीकोट — कालीकोटको रास्कोट–४, स्थित रमालमस्टो आधारभूत विद्यालय र पचालझरना–३ जनता मावि खार्दु मतदान केन्द्रको चुनाव स्थगित भएको छ ।

कालीकोटमा दुई मतदान केन्द्रको चुनाव स्थगित

रास्कोटमा माओवादी केन्द्र र अन्य दलका कार्यकर्ताबीच विवाद हुँदा झडप भएकोले चुनाव स्थगित गरिएको हो भने खार्दुमा कांग्रेस, माओवादी केन्द्र र चन्द समूहबीच त्रिपक्षीय झडपका कारण मतदान स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

शर्माका अनुसार दुवै मतदान केन्द्रको चुनाव जेठ १ गते हुनेछ । खार्दु मतदान केन्द्र सदरमुकामबाट निकै टाढा भएकाले थप सुरक्षाकर्मी पनि पठाउन सम्भव नभएको उल्लेख गर्दै प्रजिअ शर्माले कर्मचारीमाथि ढुंगामुढा भए पनि गम्भीर चोट कसैलाई नलागेको जानकारी दिए ।

डीएसपी सिद्धराज न्यौपानेका अनुसार जिल्लाभरका अन्य स्थानीय तहान मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । शुक्रबार रातिसम्म सबै पालिका केन्द्रमा मतपेटिका संकलन गरी मतगणना सुरु गर्ने तयारी छ । कालीकोटमा ६० देखि ७० प्रतिशत मत खसेको निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान छ ।

प्रकाशित : वैशाख ३०, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?