डडेलधुरामा ६३ प्रतिशतभन्दा बढी मतदान

डीआर पन्त

डडेलधुरा — डडेलधुरामा साँझ ४ बजेसम्म ६३ प्रतिशतभन्दा वढी मतदान भएको छ ।

डडेलधुरामा ६३ प्रतिशतभन्दा बढी मतदान

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद पंगेनीले सदरमुकामको अमरगढी नगरपालिकामा ६३.९ प्रतिशत मतदान भएको बताए । ‘अरु स्थानीय तहको अहिले सम्म तथ्यांक आइपुगेको छैन ।सबै मतदान केन्द्रबाट सूचना आउने क्रम जारी रहेको छ,’मुख्य निर्वाचन अधिकृत पंगेनीले भने ।

जिल्लाका सवै मतदान केन्द्रमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भएको र कुनै पनि अप्रिय घटना नभएको उनले जनाए ।

अमरगढी नगरपालिकामा मात्र नभइ जिल्लाका विभिन्न मतदान केन्द्रका अधिकारीहरुले दिएको जानकारी अनुसार साँझ ४ बजेसम्म ६० प्रतिशतभन्दा वढी मतदान भएको छ । डडेलधुरा जिल्लामा जम्मा १२६ मतदान केन्द रहेकोमा कुनैपनि मतदान केन्द्रमा सामान्य विवादबाहेकका घटना भएका छैनन्।

प्रकाशित : वैशाख ३०, २०७९ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?