सिन्धुपाल्चोकको धुस्कुनमा विवादपछि दुई घण्टादेखि मतदान रोकियो

सीमा तामाङ

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-३, धस्कुनस्थित महेन्द्र प्रताप मावि मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ता र सुरक्षाकर्मी बीच विवाद भएका कारण दुई घण्टादेखि मतदान रोकिएको छ । त्यहाँ स्थानीयद्वारा पुन: मतदान सुरु गर्न नाराबाजी गरेर लाइनमा बसिरहेका छन् ।

सिन्धुपाल्चोकको धुस्कुनमा विवादपछि दुई घण्टादेखि मतदान रोकियो

मतदान केन्द्रमा खटिएका कार्यकर्तालाई खाजा लिएर बाहिरबाट मानिसहरु भित्र प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले रोकेका थिए । सुरक्षाकर्मीले मतदान केन्द्र भित्र पस्न नदिएपछि सुरु भएको विवादले उग्ररुप लिएपछि मतदान रोकिएको हो ।

विवाद समाधान गर्न सर्वदलीय बैठक बसे पनि त्यसले ठोस निर्णय नलिएपछि मतदान सुरु भएको छैन । स्थानीयहरु भने मतदान गर्न पाउनुपर्ने भन्दै लाइनमा बसिरहेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७९ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?