सर्लाहीको चक्रघट्टा-१ मा झडप हुँदा प्रहरीद्वारा हवाई फायर- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीको चक्रघट्टा-१ मा झडप हुँदा प्रहरीद्वारा हवाई फायर

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्लाहीको चक्रघट्टा गाउँपालिका-१ शिवनगरको रासनारायण प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा दुई पक्षको झडपका कारण स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायर गरेको छ ।

मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच झडप हुँदा स्थिति नियन्त्रण बाहिर जान थालेपछि सुरक्षाकर्मीले हवाई फायर गरेका हुन् । घाइतेको यकिन विवरण भने अझै आएको छैन ।

प्रकाशित : वैशाख ३०, २०७९ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसको गाउँपालिका अध्यक्ष प्रत्याशीको गाडीले मतदातालाई ठक्कर दियो

हरि गौतम

रुकुम पश्चिम — नेपाली कांग्रेसको तर्फबाट बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जनककुमार बाँठाको गाडीले मतदातालाई ठक्कर दिएको छ । बाँफिकोट-७ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढारबाङ मतदानस्थलमा पुगेको उक्त गाडीले बाँस्थलाका अन्दाजी ६०-६२ वर्षीय पर्जे खत्रीलाई ठक्कर दिएको हो । 

गाडीको ठक्करबाट घाइते खत्रीको छिन्खेतमा प्राथमिक उपचारपछि जिल्ला अस्पतालमा थप उपचार हुँदै छ । सबै मतदानस्थल घुमिरहेका बाँठा मतदानस्थल पुग्दा होहल्ला भएको थियो । होहल्ला भएपछि गाडी फर्काउने क्रममा गाडीले खत्रीलाई हानेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।

प्रजिअ घिमिरेका अनुसार गाडी चालक र उम्मेदवार बाँठालाई सुरक्षित गरिएको र केही समय रोकिएको मतदान पुनः सुचारु हुने अवस्थामा रहेको छ ।

प्रकाशित : वैशाख ३०, २०७९ १४:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×