कञ्चनपुरको पुनर्वासमा फर्जी मतको विवादपछि मतदान स्थगित

कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित विजय माविमा रहेको मतदान केन्द्रमा फर्जी मतदान गराएको भन्दै विवाद उत्पन्न भएपछि मतदान स्थगित गरिएको छ ।

कञ्चनपुरको पुनर्वासमा फर्जी मतको विवादपछि मतदान स्थगित

पुनर्वास नगरपालिका वडा नं १० को विजय माविमा रहेको मतदान केन्द्रमा फर्जी मतदान गराइएको विवादपछि मतदान स्थगित गरिएको हो । पुनर्वासका निर्वाचन अधिकृत कीरण जोशीका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका प्रतिनिधिहरूले आपसमा फर्जी मतदान गराएको आरोप लगाएका थिए ।

भारतमा रहेका नेपाली कामदारहरूको नाममा गाउँमै रहेकाहरूले मतदान गरिदिएको उनीहरूको आरोप थियो । निर्वाचन अधिकृत जोशीले उक्त आरोपबारे छानबिन भइरहेको जनाए । साथै अहिले उक्त केन्द्रमा मतदान रोकिएको छ ।

प्रकाशित : वैशाख ३०, २०७९ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?