कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गोरखाको घ्याल्चोक मतदान केन्द्रमा झडप हुँदा हवाइ फायर

अहिले उक्त मतदान केन्द्रमा मतदान स्थगित भएको छ

काठमाडौँ — गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’मतदान केन्द्रमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले एक राउन्ड हवाइ फायर गरेको छ ।

स्थानीय एक व्यक्तिले आफ्नो बाबुको मतदान गरेर फर्कन लाग्दा धकेलाधकेल भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाइ फायर गरेको हो। झडप भएपछि ज्ञान मार्ग माविको केन्द्रको बुथमा टाँगेको डोरीहरु पनि चुँडिएको ज्ञानमार्ग माविको ‘क’ मतदान केन्द्रमा खटिएका कर्मचारी विमल रेग्मीले जानकारी दिए ।

‘ब्यालेट बक्सभित्र लगेर राखेका छौँ, डोरीहरु पनि चुँडिएको छ, फेरि बुथ बनाएर अब मतदान प्रक्रिया सुरु गर्नका लागि सर्वदलीय बैठक चलिरहेको छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले सानो हतियारबाट एक राउण्ड हवाइ फायर भएको जानकारी दिए ।

प्रकाशित : वैशाख ३०, २०७९ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?