ताप्लेजुङको घुन्सामा ११ बजेदेखि मात्रै मतदाता आउने

आनन्द गौतम

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका ६ लेलेप घुन्सामा बिहान साढे ९ बजेसम्म मतदान भएको छैन । आफूलगायत टोली प्रतीक्षामा बसे पनि मतदाता नआएको मतदान अधिकृत गंगाबहादुर इङनामले बताए । राजनीतिक दलका प्रतिनिधिले मतदान गराउने मुचुल्कामा दस्तखत भने गरिदिएका छन् । 

ताप्लेजुङको घुन्सामा ११ बजेदेखि मात्रै मतदाता आउने

मतदानस्थल नजिकै ३६ वर्षीय युवक जोण्डेला शेर्पाको मृत्यु भएकाले दाहसंस्कार पछिमात्रै मतदानमा जाने तयारी भएको स्थानीय टाँसी शेर्पाले बताए । सामान्य बिरामी ती युवकको आज बिहान २:३० बजे मृत्यु भएको थियो । १० बजेपछि शव अन्त्येष्टि गर्ने र मतदानमा सहभागी हुने टाँसी बताउँछन् । अन्त्येष्टि गर्ने स्थल बस्तीनजिकै ५ सय मिटरको दूरीमा छ ।

यो मतदान केन्द्रमा घुन्सा र फलेका मतदाता आउने गर्छन् । यहाँ १ सय ६६ जना मतदाता छन् ।

‘थोरै मतदाता छौं । दुई तीन घण्टामा सक्किहाल्छ; नआत्तिनुहोस् भन्नुभएको छ,’ मतदान अधिकृत गंगाले भने, ‘११ बजेपछि चाहीँ आउनुहोला कि भन्ने छ ।’ निर्वाचन अधिकृतको कार्यालय तापेथोकबाट डेढ दिनको यो मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी छ ।

प्रकाशित : वैशाख ३०, २०७९ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?