

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिका ५ भानोदय मावि मतदान केन्द्रमा मतदान कार्य अवरुद्ध भएको छ । कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा मतदान अवरुद्ध भएको हो ।


केही बेर दुवै पक्षबी ढुंगा हानाहान भएको प्रत्यक्षदर्शी चेतराज रेग्मीले जानकारी दिए ।
मतदान कार्यको व्यवस्थापनमा राखिएका सामग्रीहरु पनि तोडफोड भएका छन् । अहिले दुवै पक्षबीच समझदारीको प्रयास भइरहेको बताइएको छ ।
प्रकाशित : वैशाख ३०, २०७९ ०९:२०