तेह्रथुममा फलामे जालीभित्र मतगणनाको तयारी

चन्द्र कार्की

तेह्रथुम — स्थानीय तह निर्वाचनको मतगणनाका लागि जिल्लाका सबै मतगणना स्थलमा फलामे जाली लगाइएको छ । मतगणना स्थलको सुरक्षाका लागि फलामे जाली लगाएर मतगणना गर्ने तयारी गरीएको मुख्य निर्वाचन अधिकृत महेन्द्रप्रसाद पोखरेलले जानकारी दिए । 

तेह्रथुममा फलामे जालीभित्र मतगणनाको तयारी

प्रत्येक मतगणना स्थलमा सीसीटीभी क्यामेरासमेत जडान गरिएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना स्थललाई कडा सुरक्षा घेरामा राखिने प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।

मतगणना स्थलमा मोबाइल फोन पूर्ण रुपमा निषेध गरिएको छ । एउटा राजनीतिक दलबाट दुई जना गणना प्रतिनिधि एक पटकमा बस्न पाइने व्यवस्था गरिएको छ ।

प्रकाशित : वैशाख २९, २०७९ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?