१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

स्याङ्जामा ५३ मतदानस्थल अति संवेदनशील

स्याङ्जा — स्थानीय तहको निर्वाचनको लागि पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा एक सय ९९ वटा मतदान स्थल कायम गरिएको छ, जसमा ३ सय १८ वटा मतदान केन्द्र छन् । तीमध्ये ५३ वटा मतदान स्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए ।

उनका अनुसार ७३ वटा स्थल संवेदनशील र ७१ वटा स्थल सामान्य छन् । अति संवेदनशील मतदान स्थलमा सोहीअनुसार सुरक्षाकर्मीको परिचालन गरिएको प्रजिअ पौडेलले बताए ।

जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर खुमबहादुर भुजेलका अनुसार कुनै पनि केन्द्रमा मतदान गर्न मतदाता ५ किलोमिटरभन्दा बढी हिँड्नु पर्दैन । स्याङ्जामा २ लाख ४० हजार ५ सय ३५ जना मतदाता छन् । १९ वटा राजनीति दल रहे पनि १२ दलबाट मात्र उम्मेदवारी परेको छ । यसैगरी एउटा स्वतन्त्र उम्मेदवारी परेको छ ।

प्रकाशित : वैशाख २८, २०७९ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?