१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रसुवामा धमाधम मतदानस्थल निर्माण

बलराम घिमिरे

रसुवा — पर्सि शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा धमाधम मतदानस्थल निर्माण भइरहेको छ । 'मतदाताहरुको सजिलोका लागि महिला पुरुष छुट्टाछुट्टै रहने लाइन निर्माण, जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरु छिटो मतदान गर्ने व्यवस्था मिलाइएका छौं,' उत्तरगया गाउँपालिका–५ वडा कार्यालय माझगाउँ 'ग' मतदान केन्द्रका मतदान अधिकृत रवीन्द्र ठकुरीले भने । 

रसुवामा धमाधम मतदानस्थल निर्माण

जल तथा मौसम विज्ञान विभागले निर्वाचनको दिन वर्ष हुने पूर्वानुमान गरेकोले मतदान केन्द्र सुरक्षाको लागि पाल टांग्ने काम पनि भइरहेको छ । मतदान केन्द्रमा चार किल्ला तोक्ने, मदिरा निषेधित क्षेत्र, प्रचारप्रसार बन्द, हातहतियार निषेधित क्षेत्रको सूचना टाँस गर्ने काम पनि सम्पन्न भएको अधिकृत ठकुरीले बताए । निर्वाचनमा २ सय ९४ जना नेपाल प्रहरी, २१९ सशस्त्र प्रहरी र २८८ म्यादी गरी ८ सय १ जना सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र रहेका छन् । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जिल्लामा २ सय ५५ निर्वाचन कर्मचारी खटिएका छन् ।

नयाँ मतदाताहरुलाई परिचयपत्र वितरण गर्ने काम पनि भइरहेको मतदान अधिकृत ठकुरीले बताए । उनका अनुसार बुधबार मतदान केन्द्र पुगेपछि मतदान अधिकृतहरुसहित सर्वदलीय बैठकसमेत बसेको छ । बैठकमा मौन अवधिमा पालना गर्नुपर्ने नियम, आचारसंहिता, उम्मेदवारका प्रतिनिधि, अशक्त तथा अपाङ्गता भएका व्यक्तिले मतदान गर्न सहज बनाउनेलगायत विभिन्न विषयमा छलफल भएको मतदान अधिकृत ठकुरीले बताए ।



प्रकाशित : वैशाख २८, २०७९ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?